सिन्धुपाल्चोक, जेठ ३ गते । बाह्रबिसे नगरपालिका–९ की सुत्केरी महिलाको उपचारको क्रममा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखा परेर धुलिखेल अस्पतालमा मृत्यु भएपछि बाह्रबिसे नगरपालिकामा लक डाउन थप कडाइ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधव काफ्लेले दिनुभएको जानकारीअनुसार बाह्रबिसे नगरपालिका छिर्ने सिमानामा प्रहरी थप परिचालन गरिएको छ ।
गाउँका कसैलाई कतै जान नदिन प्रहरीले थप कार्य अघि बढाएको छ । मृतकको चालिसे गाउँमा प्रहरी परिचालन गरी घर बाहिर निस्कन नदिइने बताइएको छ ।
इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले आउजाउ गर्ने सबै बाटोमा प्रहरीले उच्च निगरानी बढाएको बताउनुभयो ।
सुत्केरी महिलाको पीसीआर रिपोर्टको आधारमा गाउँ सिल गर्ने जानकारी दिइएको छ ।