पुष्कर खड्का
रामेछाप - रामेछाप जिल्लाको मन्थली स्थिति तामाकोसी नदिमा एक महिलाको शव फेला परेको छ। तामाकोशी नदिले बगाएर ल्याएको अवस्थामा शव मन्थली नगरपालीका वडा नम्बर ११मा रहेको धुसेनी जंगल छेउमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
प्रहरी अनुसार शव अन्दाजी ३० वर्षिय महिलाको शव
कोशीको किनारमा रातो कलरको गोल्डन कलर मिसिएको कुर्ता सुरुवाल लगाएको र घोप्टो परेको अवस्थामा शव फेला परेको र शवलाई पोष्टमाटमको लागी प्राथमीक स्वास्थ्य कार्यालय मन्थलीमा राखिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रबक्ता टेकेन्द्र पौडेलले जानकारी दिनु भएको छ ।
पौडेलका अनुसार दोलखाबाट एक महिला हराएको खबर आएकोले वेपत्ता परिवारका आफन्तलाइ खबर गरियको र हाल सम्म कोहो भनेर शवको पहिचान खुल्न नसकेको प्रहरी प्रबक्ता पौडेलको भनाइ छ।