पुष्कर खड्का
काठमाडौं - नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार धनुषाका २० बर्षीय युवक र ६५ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जनाएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ सय ८१ पुगेको छ । नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।