• काठमाडौं। सरकारले अन्तिम पटक थप गरेको लकडाउनको अवधि भोलि (सोमबार) सकिँदैछ। लकडाउन जारी रहेकै अवस्थामा कोरोना संक्रमण तीव्र रुपमा फैलिँदै एक जनाको मृत्युसमेत भएपछि सरकारले थप शतर्कता अपनाउने भएको छ।

    आइतबार कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठिन उच्चस्तरीय समितिको बैठक बसेर लकडाउन बढाउने सिफारिस गर्दैछ। यसअघि बसेको समितिको बैठकमा लकडाउनका विभिन्न मोडालिटीका बारेमा पनि छलफल भएको थियो।

    कोरोना संक्रमणमा कारण एक महिलाको मृत्यु भएपछि सरकारले लकडाउनलाई थप कडाइ गर्दै दश दिन थप गर्ने तयारी गरेको स्रोतले जनाएको छ। अहिले मुलुकभर कोरोना संक्रमितको संख्या बढिरहेको र एक जनाको मृत्यु नै भएपछि सरकारले थप कडाइ गर्दै लकडाउन थप गर्ने तयारी गरेको हो।

    लकडाउन लम्ब्याउने र मोडालिटीका बारेमा उच्चस्तरीय संयन्त्रणले विज्ञहरुसँग सुझाव संकलन गरेको थियो। सरकारले राजधानी छिर्ने मुख्य नाकामा झन कडाइ गर्ने नीति लिएको छ।डिसी नेपाल

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…