• मोरङ । लकडाउनको समयमा पनि टिपर आंतक सिर्जना भएको भन्दै मोरङको उर्लाबारीबासी आक्रोशित बनेका छन् ।

     

    संघीय सरकारले बेलुका ८ देखि विहान ६ बजेसम्ममात्र निर्माण ढुवानीका सवारी सञ्चालन गर्न अनुमति दिन परिपत्र गरेपनि झापा र मोरङमा विहान, दिउँसो र रातीसमेत टिपर सञ्चालन हुँदै आएका हुन् । झापाबाट अत्याधिक टिपर उर्लाबारीमा प्रवेश गर्न थालेपछि उर्लाबारी–५ र ६ का स्थानीयबासी आन्दोलित बनेका छन् । उर्लाबारी–मधुमल्ला सडक खण्डको उर्लाबारी–५ र ६ चार दर्जन बढी टिपर रोकिएको छ ।

     


    लकडाउनको समयमा टिपरको आंतक बढेकाले बाध्य भएर आन्दोलिन हुनु भएको उर्लाबारी वडा नं. ६ का युवा प्रभू राईको भनाई छ । ‘कोरोना भाइरसको संक्रमण बढिरहेको छ’ उहाँले भन्नुभयो–‘झापाबाट दैनिक सयौं टिपर आइरहेका छन्, यो कसले रोक्ने ?’ उहाँले टिपरको आंतकविरुद्ध सांकेतिक रुपमा विरोध जनाएको बताउनुभयो ।



    टिपरको आंतक बढेको र त्यसले जनतामा त्रास सिर्जना बढेकाले टिपर प्रवेशमा रोक लगाइएको उर्लाबारी वडा नं. ५ का जनप्रतिनिधि रविन लामाले बताउनुभयो । पहिलो चरणमा टिपरलाई रोकेर सांकेतिक विरोध गरिएको र त्यसपछि पनि अटेर गरे सशक्त रुपमा प्रस्तुत हुने उहाँको भनाई छ । यस्तै, उर्लाबारी किसान चौक–कान्छीचौक सडक खण्डमा समेत टिपर आंतक सिर्जना भएको थियो । उर्लाबारी स्कुलडाँडा–बरगाछी सडकमा टिपर आंतकपछि स्थानीयबासीले टिपर प्रवेशमा रोक लगाएका थिए ।



    झापा र मोरङमा अधिक निर्माण ब्यवसायी भएका कारण मिलोमतोमा विहान र दिउँसोसमेत निर्माण सामान ढुवानीमा रोक नलगाइएको भन्दै स्थानीयले विरोध जनाएका छन् । मोरङका सिडियो र झापाका सिडियोले मिलेर निर्माण सामान ढुवानीका लागि सहजिकरण गरेको आरोप लगाइएको छ ।तस्बिर सरोज बस्नेत 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…