• पुष्कर खड्का
    काठमाडौ - सर्लाहीमा ‘प्रेस’ लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लगाइएको समयमा भारतीय नम्बरको मोटरसाइकलमा ‘प्रेस’ लेखेर घुमिरहेको अवस्थामा आइतबार बिहान प्रहरीले चेकजाँच गर्दा हतियार बरामद भएको हो ।

    जिल्लाको विष्णु गाउँपालिका ३ विश्वनाथ टोलस्थित बाँसघारीबाट बीआर ३० एम ६७८७ नम्बरको प्रेस लेखिएको मोटरसाइकलबाट हतियार बरामद भएको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी मदन कुँवरले जानकारी दिए ।



    उक्त ठाउँमा हतियारसहित मानिस रहेको सूचना आएपछि प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको संयुक्त टोलीले मोटरसाइकलमा सवार बिष्णु गाउँपालिका ३ बस्ने २५ बर्षीय मदन साह कानु र भारतको सीतामढी जिल्ला मरहाडिहका १९ बर्षीय अनिश साह छन् ।

    उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने १ राउण्ड गोली, अर्काे चाइनिज पेस्तोल एक थान, त्यसको म्यागेजिन र ५ राउण्ड गोली बरामद भएको कुँवरले जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

    यसअघि २७ फागुनमा बारामा प्रेस लेखिएको मोटरसाइकलबाट लागूऔषध बरामद भएको थियो । प्रेस लेखिएको ना.६२ प ६२६७ न. को मोटरसाइकलमा सबार वीरगञ्ज १५ बस्ने ३० बर्षीय जीतेन्द्रकुमार सिंहको साथबाट डाइजेपाम, नुफिन, फेनारगन बरामद भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…