पुष्कर खड्का
काठमाडौ - शिन्धुली जिल्लाको शुनकोसी नदीमा पौडी खेल्ने क्रममा २ जना युवक बेपत्ता भएका छन् ।
शुनकोशी गाउपालिका वडा न ४ खाङसाङबाट आज दिउसो ३ बजे तिर पौडी खेल्न कुइभिर भन्दा मुनि नजिकै शुनकोशी नदिमा गएका दुइ युवा बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय शिन्धुलीले जनाएको छ।
प्रहरीको अनुसार बेपत्ता हुनेमा पंचकोटी नगरपालिका ७ घर भई हाल फिक्कल गाउँपालिका ४ खाङसाङमा काठको मिस्त्रि काम गर्ने १९ बर्षिय दिनेश बुढाक्षेत्री र २० बर्षिय जनक बुढाक्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।
बेपत्ता भएको युवाको अहिले नेपाल प्रहरी ,सशस्त्र प्रहरी र स्थानीयहरुको सक्रियतामा खोजिकार्य भैरहेको छ।