पुष्कर खड्का
काठमाडौ - काठमाडौंमा रहेका मेलुङ गाउँपालिकाबासीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता शंकर लामा संयोजक र युवा नेता विदुर शर्मा अर्थिक संयोजक रहेको कोरोना भाइरस विपद व्यवस्थापन समितिले राहत सामग्री वितरण गरेको छ ।
समितिले बैशाख २८ गते देखि आजसम्म काठमाडौंमा रहेका ८ सय २८ परिवार मेलुङबासीलाई सरकारले तोकेको मापदण्डअनुसार राहत वितरण गरेको कोरोना भाइरस विपद व्यवस्थापन समितिका सदस्य लोप्सांग लामाले जानकारी दिए ।
आर्थिक संयोजक शर्माका अनुसार लकडाउनमा परेका काठमाडौंमा रहेका प्रति परिवार ३० किलो चामल, २ किलो दाल, एक लिटर तेल र एक पोका नून प्रदान गरिएको हो । नाम टिपाएका ८ सय २८ परिवारलाई राहत वितरण गर्न १५ लाख रुपैयाँ लागेको आर्थिक संयोजक तथा जिल्ला समन्वय समिति दोलखा सदस्य शर्माले जानकारी दिए ।
उनका अनुसार सम्पुर्ण खर्च आफै बेहोर्ने छन् । शर्माले यसअघि काठमाडौंमा अलपत्र परेको मेलुङबासीलाई गाउँ फर्काउने अभियानमा २० लाख ६० रुपैयाँ सहयोग गरेका थिए । शर्माले यस विपदको बेलामा मेलुड० बासीको उदारमा ३५ लाख रुपैया खर्च गरिसकेको लोप्साड० लामाले जनकारी दिए ।
राहत वितरण कार्यक्रममा पूर्वमन्त्री आनन्द पोखरेल, पूर्व राज्यमन्त्री देवी खड्का, वागमती प्रदेशका सांसद पशुपति चौलागाईं, वागमती प्रदेशका सांसद विशाल खड्का, नेकपा मेलुङ गाउँपालिका इञ्चार्ज रवीन्द्र कार्की लगायत रहेका थिए ।