•  

    मोरङ– प्रेमीसँग मिलेर श्रीमतीले श्रीमान्को हत्या गरेकी छन् । इटहरीको खनार घर भएका देवीप्रसाद दुलालको हत्यामा उनकी श्रीमती मीना श्रेष्ठको संलग्नता खुलेको हो । प्रेमी ब्रह्देव साहसँग मिलेर मीनाले श्रीमान्को हत्या गरेको मोरङ प्रहरीले जनाएको छ । दुलालको

    ३३ वर्षीय दुलालको आइतबार बिहान विराटनगर महानगरपालिका–१० मधुमारामा हत्या भएको थियो । उनी विराटनगरमा औषधि व्यवसाय गर्थे । हत्यामा श्रीमती ३३ वर्षीया मीना र उनका प्रेमी सिरहाका २१ वर्षीय ब्रह्मदेव साहको संलग्नता खुलेको छ । दुवै जनालाई पक्राउ परेका छन् ।

    मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीले श्रीमतीकै योजनामा घटना भएको देखिएको बताए । दुलाल सुतेको समयमा प्लाष्टिकको डोरीले घाँटी कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी अधिकारी बताउँछन् ।

    ब्रह्म्मदेवले खुट्टा र शरीर थिचेपछि श्रीमतीले घाँटीमा कसेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । दुलाल र मीनाबीच १० वर्ष पहिले प्रेम विवाह भएको थियो । उनीहरुका ८ वर्षका छोरा छन् ।

    प्रहरीका अनुसार मीना र उनका प्रेमी ब्रह्मदेवबीच एक वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । ब्रह्मदेव चार वर्षदेखि दुलालकै औषधि डिलरमा काम गर्थे। त्यही क्रममा मीनासँग उनको हिमचिम बढेको चाल पाएर श्रीमान देवीप्रसाद दुलालले ब्रह्मदेवलाई पाँच महिनाअघि कामबाट निकालिदिएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…