रातोकलम अनलाइन।
जेठ-५,क्वालालम्पुर।
हाल विश्वभरि कोरोना भाइरसको माहामारीले मर्नेको संख्या दिनप्रतिदिन थपिदै गइरहेको बेला मलेसियामा कार्यरत नेपाली श्रमिकहरु विभिन्न कारणले ज्यान गुमाईरहेको छन।
शनिबार र आईतवार गरेर ३ जना नेपाली मजदुरहरुको छुट्टाछुट्टै स्थानमा विभिन्न कारणबस मृत्यु भएको पाइएको छ।रोजगारीको निम्ति मलेसियामा कार्यरत नेपालको महोत्तरी जिल्ला स्थायी घर भइ हाल मलेशियामा रोजगाररत मनोज यादवको कोठामा सुतेकै अवस्थामा शुक्रबार राती मृत्यु भएको उनकै आफन्तले जानकारी दिए।
यादव बिगत १ बर्ष देखी मलेसियाको इपो पेराक अवस्थित सिएस म्यानुफ्याक्चरिङ एसडिएन बिएचडी ( cs manufacture sdn bhd / Ipho perak ) नामक कम्पनीमा कार्यरत थिए ।उनको मृत्युको कारण भने पोस्टमार्टम पछी मात्रै खुल्ने श्रोतले जानकारी दिएको हो।
त्यस्तै शनिबारकै दिन बिहान करिब ०५:०० बजे तिर जोहोरबारु राज्यमा पर्ने जालान चिन्तागं रिगंम २ मा अवस्थित एकचुवल भेजिटेरियन फुड नामक एक सप्लाई कम्पनीमा काम गर्ने नेपाली श्रमिक संकर यादवले घाटीमा पासो लगाएर आत्महत्या गरेका छ्न।
सप्तरी जिल्ला राजबिराज , गाउँ रामपुरा मलहनिया वडा नम्बर ५ निवासी लालु यादवको छोरा संकर यादव शनिबार घाटीमा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको घटना स्थल नजिकै बस्ने एक नेपालीले जानकारी गराए।आत्महत्याको कारण भने नखुलेको श्रोतले भनाइ छ।
भने मलेसियाको सेलाङ्गर राज्यमा अवस्थित श्रीमुडा भन्ने ठाउँमा पनि नेपालिको छतबाट लडेर मृत्यु हुन पुगेको छ। जेफोली एसडिएन बिएचडी ( jefoly sdn bhd ) नामक कम्पनीमा बिगत ५ बर्षदेखी कमगर्दै आएका सुर्यमान गुरुङको आईतवार छतबाट लडेर मृत्यु भएको हो।
गोर्खा जिल्ला धार्चे गाउँपालिका निवासी सुर्यमान गुरुङ तमु समाज मलेसियाका सक्रिय सदस्य पदमा रहि समाजसेवाको क्षेत्रमा कृयशिल थिए।घरको छत मकिएको कारण रड भाचिएर लड्न पुग्दा अचेत भइ गुरुङले प्राण त्यागेको संगै कोठामा बस्ने साथिले जानकारी दिएको हो।
यसरी विभिन्न कारण मृत्यु भएका नेपालिहरुको शब यतिबेला मलेशियाको विभिन्न अस्पतालमा राखिएको छ।शब कहिले नेपाल पठाउने भन्ने बारे मलेशियामा लकडाउन आगामी मे-१२ तारिक सम्म रहेकोले यसै भन्न सक्ने स्थिति छैन।