• पुष्कर खड्का

    काठमाडौं - मन्त्रिपरिषद बैठकले भारतले मिचेको भूमि कालापानी लिम्पियाधुरासहितको नयाँ नक्सा सार्वजनिक गरेको छ । सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

    सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लिम्पियाधुरा, लिपुलेकसहितको नक्शा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनु भयो । बैठकमा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नयाँ नक्शा पेश गरेकी थिइन् । संसदीय समितिले पनि सबै नेपाली भूभाग समेटेको नक्सा छाप्न पटकपटक निर्देशन दिएका थिए।

    नयाँ नक्शामा नेपालको संघीयताअनुसार प्रदेश र स्थानीय तह पनि समेटिएको जानकारी दिँदै डा. खतिवडाले भने, ‘यो नक्शा बमोजिम नै हाम्रा निशान छापहरु र सरकारी कामकाजमा प्रयोग गरिने नक्शा, पाठ्यपुस्तक र सार्वजनिक प्रयोगमा ल्याइने नक्शा अध्यावधिक हुनेछ ।




    भारतले नेपालको लिपुलेक हुँदै चीनको मानसरोवरसम्म जान सडक बनाएपछि भारतबाट अतिक्रमित भूभागसहितको नयाँ नक्शा प्रकाशित गर्न सरकारमाथि तीब्र दबाब परेको थियो । भारतीय कदमको नोपलमा सबै पक्षबाट तीब्र आलोचना भइरहेको छ। नयाँ नक्शामा भारतले वार्षैदेखि अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको जनाइएको छ ।
    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठकले पनि ती भूभागसहितको नक्सा सार्वजनिक गर्न सुझाव दिएको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…