पुष्कर खड्का
काठमाडौं - नेपालमा मंगलबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका नयाँ संक्रमित मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३ सय ७९ पुगेको छ । नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । यसअघि हिजो दिउँसो र बेलुका गरेर एकै दिन ८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।