पुष्कर खड्का
काठमाडौं – नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार झापामा ९ र सुनसरीमा २ जना गरि ११ जना कोरोना संक्रमण पुष्टि भएको हो ।
कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना र बीपी कोइराजा स्वास्थ्य प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा २ जना गरी ११ जनामा कोरोना पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।