मङ्गलबार, जेठ ०६, २०७७
काठमाडौं
मंगलबार नेपालमा थप २७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा थप २७ जनामा कोरोना पोजिटिभ देखिएको जानकारी दिइएको हो ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थप २७ मध्ये २४ जना पुरुष र ३ जना महिला रहेका छन् । उनका अनुसार संक्रमित १७ देखि ४२ वर्ष उमेर समूहका रहेका छन् ।
झापामा ९, मोरङमा एक, सुनसरीमा एक, सर्लाहीमा दुई, काठमाडौंमा तीन, भक्तपुर एक, मकवानपुर एक, रामेछाप एक, ललितपुर एक, सिन्धुली एक, लमजुङमा एक, कपिलवस्तु ४ र नवपपरासीमा एक गरी थप २७ जनामा कोरोना पुष्टि भएको हो । यससँगै नेपालमा संक्रमितको संख्या ४०२ पुगेको छ । जसमध्ये ३४० पुरुष र ६२ जना रहेका छन् । संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ भने ३७ जना निको भएका छन् ।