पुष्कर खड्का
रामेछाप - रामेछाप जिल्लाको खाँडादेवी गाउपालीकामा एक युवालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार कोरोना पोजेटिभ देखिएका जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुमका २३ वर्यीय युवकलाई कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा.जितेन्द्र कर्णले जानकारी दिनु भयो । यो संगै रामेछापमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित देखिएको व्यक्तिको ठेगाना पहिचान हुने बित्तिक्कै मंगलबार रातीनै अरुमा पनि संक्रमण हुन सक्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालय रामेछापको तिन जनाको टोली रातीनै खाँडादेवी गाउपालीका वडा नम्बर १ राकाथुमका २३ वर्षीय युवाको घरमा गएर १५ जनाको स्वाब संकलन गरी जाँचको लागि काठमाडौ टेकु अस्पतालमा पठाइसकिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले बताउनुभयो ।
कर्णका अनुसार नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको अहिले उनको काठमाडौंको टेकु अस्पतालमा उपचार भैरहेको जनाएको छ ।