पुष्कर खड्का
काठमाडौं - नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार बाँके,धनकुटा,कपिलवस्तुमा र नवलपरासी पश्चिममा १ जना गरि २५ जना कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकाेटाका अनुसार थपिएका संक्रमितमध्ये १८ पुरूष र ७ महिला छन्। बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३ र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका छन्।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ सय २७ पुगेको छ । नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । डिस्चार्ज हुनेको संख्या ४५ पुगेको छ भने, मृतकको संख्या २ पुगेको छ।