पुष्कर खड्का
काठमाडौ - नेपालमा थप ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। थपिएका संक्रमित झापा,धनकुटा र धरानका गरी थप ७ जनामा कोरोना पुष्टि ।
प्रदेश १ को प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जनामा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटा र र धरानका १–१ जनालाई कोरोनाभाइरस पुष्टि भएको प्रदेश १ मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ सय ३४ पुगेको छ ।
यस अघि २५ जनामा संक्रमितको पुष्टि भएको थियो डिस्चार्ज हुनेको संख्या ४५ पुगेको छ भने, मृतकको संख्या २ पुगेको छ।