•  

    काठमाडौं, जेठ ७ गते । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले विदेशमा फसेका नेपालीको उद्धार सम्बन्धी कार्ययोजना तयारीको चरणमा रहेको प्रष्ट्याएको छ । समितिका सचिब नारायणप्रसाद बिडारीले कार्ययोजनाबारे विभिन्न निकायसँग छलफल भइरहेको र अन्तिम रुप दिने बित्तिकै सार्वजनिक गरिने जानकारी दिनुभएको छ ।
    समितिको बुधबार बसेको बैठकमा विदेशमा फसेका नेपालीको उद्धार सम्बन्धी कार्ययोजना, प्रदेश र स्थानीय तहका क्वारेन्टाइनको व्यवस्थित सञ्चालन लगायतको प्रस्ताबमाथि छलफल भएको हो । छलफलपछि सचिब बिडारीले भारतसहित तेस्रो देशमा अध्ययनरत विद्यार्थी, उपचार लगायत नीजि भेटमा रहेका, कुटनीतिक नियोगमा कार्यरत कर्मचारी, गर्भवती महिला र नेपालमा आफन्त बितेर आउनुपर्ने भएकालाई नेपाल ल्याउनेबारे कार्ययोजना तयार भइरहेको बताउनुभयो ।

    विदेशमा रहेकालाई नेपालमा ल्याउँदा व्यवस्थित राख्न सकिने र सङ्क्रमण फैल्न नदिने र आउनलाई क्रमशः लिएर आउने योजना तयारीको चरणमा रहेको जानकारी दिनुभयो ।
    उक्त योजना परिमार्जित, परिष्कृत र अन्तिम रुप लिइसकेपछि सञ्चारकर्मीलाइ जानकारी गराइने उहाँले बताउनुभयो । त्यसैगरी, स्थानीय र प्रदेश स्तरका क्वारेन्टाइनमा सुरक्षा र बन्दोबस्तीका सामानको अभाव हुन नदिन प्रदेशसँग समन्वय गरी छलफल भइरहेको समितिले जनाएको छ । क्वारेन्टाइनमा रहनेको बन्दोबस्ती, सुरक्षा र हाजिरीको व्यवस्थित अभिलेख राख्ने गरी तयारी सुरु गरिएको छ । क्वारेन्टाइन र आइसोलेशनमा बस्नेको बन्दोबस्ती र सुरक्षाका लागि संघीय सरकारबाट समेत आर्थिक सहयोग प्राप्त हुने गरी कार्ययोजना बनाइदैछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…