काठमाडौं– नेपालले नयाँ नक्शा सार्वजनिक गरेको विषयमा भारतीय टेलिभिजनको अन्तर्वार्तामा कांग्रेस नेता मिनेन्द्र रिजाल कडारुपमा प्रस्तुत भएका छन् ।
रिपब्लिक टेलिभिजनसँगको अन्तर्वार्तामा पत्रकार अर्नव गोस्वामी हाबी भएपछि रिजालले आपत्ति जनाए । उनले एकपक्षीय प्रश्न सच्याउन आग्रह गरे ।
भारतीय पत्रकारले चीनको डिजाइनमा नेपालले सीमा विवाद झिकेको भन्ने प्रश्न राख्न नपाउँदै रिजाल आक्रोसित भएका थिए । उनले पत्रकारलाई स्टेटमेन्ट होइन प्रश्न राख्न सुझाव दिए ।
रिजालले आफ्नो दल विपक्षमा रहे पनि सीमाका विषयमा एक रहेको स्पष्ट बताएका छन् ।
https://www.facebook.com/ktmexpress/videos/692078188288339/