पूर्वराजा ज्ञानेन्द्र शाहले देशको सम्पूर्ण भू–भागसहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य भएको भन्दै सरकारको प्रशंसा गरेका छन् । सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि प्रतिक्रया दिँदै पूर्वराजा शाहले सरकारको खुलेरै प्रशंसा गरेका हुन् । उनले नक्शामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरू द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्वरहेको भन्दै ट्वीट मार्फत सरकारलाई सुझाव समेत दिएका छन् ।
उनले नक्शामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरू द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्वरहेको भन्दै ट्वीट मार्फत सरकारलाई सुझाव समेत दिएका छन् । सरकारले बुधबार लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ अद्यावधिक नक्सा सार्वजनिक गरेको छ । भारतले केही दिनअघि नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जोड्ने सडकको उद्घाटन गरेको थियो । भारतको उक्त कदमको नेपाल तीव्र विरोध भएको थियो । भिडियो हेर्नुहोस
https://youtu.be/lo7qWI09OR8