पुष्कर खड्का
काठमाडौ – दाङमा थप एक जनामा कोरोना भाइरसको संक्रमित पुष्टि भएको छ। राप्ती सवास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा बिहीबार गरिएको परीक्षणमा घोराही उपमहानगरपालिका– ३ का ३७ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा संगीता भण्डारीले जानकारी दिइन्।
उनका अनुसार उनि पुरुष घोराही उपमहानगरपालिकाको कुइरेपानी क्वारेन्टाइन रहेका थिए।कोरोना संक्रमित पुरुष जेठ ५ गते भारतबाट दाङ आएको खुलेको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५४ पुगेको छ ।
नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या ४९ पुगेको छ भने ,यस्तै कोरोनाबाट सिन्धुपाल्चोका १ जना, बाँकेका १ जना र गुल्मीका १ जना गरी ३ जनाको मृत्यु भएको छ ।