• साउदीमा कोरोना संक्रमित नेपाली १३ सय ६४ पुगे, सातको ज्यान गयो

    काठमाडौं, जेष्ठ ८ गते । साउदीमा कोरोना संक्रमित नेपालीको संख्या १३ सय ६४ पुगेको छ भने सात जनाले ज्यान गुमाएका छन् । संक्रमित मध्ये १७ जना महिला रहेका छन् ।
    राजधानी रियाद क्षेत्रमा २९९ जना, पूर्व क्षेत्रमा ६९५, कसिम क्षेत्रमा १९ जना अन्य क्षेत्रमा ३ नेपाली संक्रमित भएका छन् ।
    जेद्दा क्षेत्रमा १७६, मक्का ६५, मदिना ७२, जाजान क्षेत्रमा ३३ र ताबुकमा २ जनामा संक्रमण देखिएको साउदी स्थित नेपाली राजदूतावासले जनाएको छ ।
    रूघाखोकी, ज्वरो तथा स्वासप्रश्वासको समस्या भएमा आफ्नो कम्पनीको व्यवस्थापनलाई अनुरोध गरी स्वास्थ्य जाँच गराउन साउदीमा रहेका नेपालीलाई दूतावासले अनुरोध गरेको छ ।
    कोरोना संक्रमणका कारण विभिन्न समस्यामा परेका नेपालीहरुको विवरण संकलन गर्न नेपाली राजदूतावासले जेष्ठ १ गतेदेखि अनलाइन फारम सार्वजनिक गरेको छ ।
    धेरै नेपालीहरुले अनलाइनबाट आफ्नो विवरण भर्न नजानेर समस्या भएको गुनासो आएको दूतावासको भनाई छ ।
    उक्त फारम नेपाली राजदूतावासको वेभसाइट मा गई फारम भर्न सकिन्छ । यस अघि टेलिफोन, ह्वाट्सएप तथा इमेलबाट आफ्नो विवरण टिपाएकाले फारम भर्न नपर्ने दुतावासले जानकारी गराएको छ ।
    साउदी अरबको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार साउदी अरबमा मार्च २, २०२० देखि बिहिवार सम्म ६५हजार ७७ जना संक्रमित भएका छन् ।
    संक्रमितहरु मध्ये आधा भन्दा बढी निको भई घर फर्केका छन् । साथै मृत्युदर पनि न्यून रहेको पाइएको दूतावासले बताएको छ ।
    साउदी सरकारले जारी गरेको कर्फ्यू आदेशको पालन गर्न साउदीमा रहेका नेपालीलाई दूतावासले अनुरोध छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…