काठमाडौं, ९ जेठ । बुधबार सरकारले नयाँ नक्सा सार्वजनिक गरेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले खुशी व्यक्त गरेका छन् । उनले देशको सम्पूर्ण भू–भागसहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य भएको भन्दै सीमाका समस्याहरू द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्वरहेको बताएका छन् ।
सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेपछि पूर्वराजा शाहले ट्वीट गर्दै यस्तो बताएका हुन् । उनले ट्वीटमा लेखेका छन् ‘आफ्नो मातृभूमिको सम्पूर्ण भू–भाग सहितको नक्शा विश्वसामु प्रस्तुत गर्नु सह्रानीय कार्य हो ।
नक्शामा समावेश भूभागमा आफ्नो आधिपत्य स्थापित गर्न सीमाका समस्याहरु द्विपक्षीय या त्रिपक्षीय वार्ताबाट नै हल गर्नु सरकारको दायित्व हो। यसमा कसैद्वारा बाधा आए अन्तर्राष्ट्रिय स्तरमा जानुपर्दछ।’ भारतले केही दिनअघि नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जोड्ने सडकको उद्घाटन गरेपछि भारतको यस कार्यको तिब्र बिरोध भएको थियो ।
