पुष्कर खड्का
काठमाडौ – नेपालमा शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र चितवनको भरतपुरमा गरिएको परीक्षणमा नवलपुर, चितवन, नवलपरासी, कपिलवस्तु र सर्लाहीका गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जनाएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ सय ८७ पुगेको छ । नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या ४९ पुगेको छ भने ,यस्तै कोरोनाबाट सिन्धुपाल्चोका १ जना, बाँकेका १ जना र गुल्मीका १ जना गरी ३ जनाको मृत्यु भएको छ ।