पाकिस्तान । पाकिस्तानको कराचीमा एउटा यात्रुवाहक विमान दुर्घटनामा परेको अधिकारीहरूले बताएका छन्।
पाकिस्तान इन्टर्न्याश्नल एअरलाइन्सको उक्त विमान लाहोरबाट आएको र कराची विमानस्थलनजिकै दुर्घटनामा परेको बीबीसी उर्दूले जनाएको छ।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार राष्ट्रिय ध्वजावाहक पीआईएको विमान अवतरण गर्ने क्रममा दुर्घटनामा परेको थियो।
ए-३२० मोडेलको सो विमानमा ९० जना यात्रु रहेको पीआईएका प्रवक्ता अब्दुल सत्तारले बताएको डनले लेखेको छ।
सो विमान दुर्घटनामा परेपछि धुँवाको मुस्लो देखिएको भिडिओ पाकिस्तानी टिभीले प्रसारण गरेका छन्।
दुर्घटनास्थल मानवबस्तीनजिकै भएको बताइएको छ।
पाकिस्तानी नागरिक उड्डयन निकायले दुर्घटनाको पुष्टि गरेपनि जनधनको क्षतिको बारेमा बताएको छैन।
पाकिस्तानमा कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि हालै सञ्चालनमा आएको थियो।
bbc