काठमाडौँ, जेठ ९ गते । पछिल्लाे परीक्षणमा थप २० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
नेपालमा सङ्क्रमित सङ्ख्या ५०७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।
बाँकेमा १४, कैलाली ३, बैतडीमा १, डडेल्धुरा १ र मोरङमा एकजनालाई काेराेना सङ्क्रमित भएको छ ।