• विराटनगर, जेठ ९
    प्रदेश नं १ मा ४० हजार बढी नागरिकको पिसिआर परीक्षण हुने भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमाआज बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टरप्रादेशिक समितिको बैठकले कोभिड—१९ को परीक्षण कार्ययोजना स्विकृत समेत गरेको छ । भारतबाट स्वदेश फर्कने नेपालीनागरिकहरु र प्रदेशभित्र कोभिड—१९ संक्रमितपहिचानको लागि परीक्षणको दायरा बढाउन लागिएको हो । दैनिक एक हजारका दरले पिसिआर परीक्षण गर्न लागिएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

    स्विकृत भएको कार्ययोजनाले स्वाब परीक्षणका लागिजिल्लाहरुको वर्गिकरण समेत गरेको छ । उच्चजोखिम, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रमावर्गिकरण गरिएको छ । उच्चजोखिम क्षेत्रमा १ प्रतिशत, जोखिम क्षेत्रमा ०.७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामाकुल जनसंख्याको ०.५ प्रतिशतनागरिकको कोरोना परीक्षण गर्न लागिएको हो । हालप्रदेश १ मा चार हजार एक सय बढीको पिसिआर परीक्षण भइसकेको छ ।
    कोभिड—१९ को नियन्त्रण, उपचार व्यवस्थाको लागिअहिले सञ्चालनमा रहेका बेड क्षमताहरुको समेत बृद्धि गरिने भएको छ । यसकालागि कोशि कोभिड अस्पताल १ सय, झापामा २ सय, पूर्वाञ्चलविश्वविद्यालयगोठगाउँ २ सय, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ३ सय, कृष्णदास आश्रम बराहश्रेत्र २ सय र नेपाली सेना इटहरीमा ५० गरी थप८ सय ५० बेड थपिने भएको छ ।
    यसैबीचप्रदेश मा भारतबाट स्वदेश फर्कने नेपालीनागरिकहरुको व्यवस्थापन गर्र्ने संयुक्तकार्ययोजना समेत स्विकृत गरिएको छ । स्विकृत कार्ययोजनाअनुसार ईलाम, झापा, मोरङ्ग र सुनसरी जिल्लामाहोल्डिङ्ग एरिया पहिचान गरी निर्माण समेत थालिएको छ । होल्डिङ्ग एरियामा१५ हजार बेड संख्याबन्ने भएको छ । ईलाममा २ हजार, झापामा ४ हजार, मोरङ्गमा ५ हजार र सुनसरी जिल्लामा ४ हजार बेडतयार हुनथालेका छन् । यतिबेलायीजिल्लाका १० ठाउँमा ११ सय ३ वटा बेड बनिसकेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…