पुष्कर खड्का 
काठमाडौ - दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिकाको वडा नम्वर ४ हिलेपानिमा रहेको गुम्बेसी कालिका सपिङ सेन्टरबाट नगद सहित नेपाल टेलिकमका रिचार्ज कार्ड चोरी गरेको अभियोगमा एक युवालाई पक्राउ गरेको दोलखा प्रहरीले  जनाएको छ । प्रहरीका अनुसार  ईलाका  प्रहरी  कार्यालय सिंगटीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कालिञ्चोक गाउँपालिकाको वडा नम्वर ३ का २७ को महेश शिवाकोटी रहेका छन् ।भण्डारीको पसलबाट नगद ९२ हजार रुपैया र नेपाल टेलिकमको १०० दरको १० थान रिचार्ज कार्ड  चोरी गरेको अभियोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका सुचना अधिकारी एंव  प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिनुभयो । 
                                