• छायाचन्द्र भण्डारी,काठमाडौं ।

    नेपाल प्रहरी प्रधान कार्यालयले एक महिना अघिनै केहि जिल्लाका एसपीहरुको सरुवा गर्ने तयारी गर्यो । कोरोना भाइरसको संक्रमणले मुलक लकडाउनमा परेपछि सरुवाको कुरा सेलायो ।

    तर पछिल्लो ३ दिनदेखि प्रधान कार्यालयले कोरोना भाइरस संक्रमण लम्बिने देखे पछि पुन: सरुवा गर्ने रणनिति अगाडि सारेको हो ।

    मोरङ,कास्की,कपिलबस्तुका,बाँके,भक्तपुर,सिरहा जिल्लाका प्रहरी प्रमुखको समय अबधि पुगेपछि पुन: एसपी सरुवा गर्ने तयारीमा थालेसँगै रस्साकस्सी मच्चिएको छ ।

    यी छ जिल्लाका हाकिम अर्थात प्रहरी प्रमुख एसपी परिवर्तन गर्ने सुइको पाएलगत्तै केहि एसपीहरु शक्ती केन्द्र धाउन थालेका हुन् । वास्तवमा एउटा जिल्लाको प्रहरी प्रमुखको सरुवामा किन यती धेरै चासो राख्छन् ?

    यो विषय पेचिलो मात्र होइन त्यो भित्रको रहस्य प्रदाफास गर्न जरुरी छ । जिल्ला प्रहरी प्रमुखहरु कतिपय मुद्दामा आर्थिक लेनदेनका कारण विवादमा परेपनि भुषको आगो जस्तो हराएर जाने गरेका उदारणहरु धेरै छन् । प्रहरीमा केहिले 'संधै दशै तिहार जस्तो अर्थात आर्कषक स्थान' पाईरहेका हुन्छन् भने केहि प्रहरी अधिकारीलाई कार्यलयको नेतृत्व गर्ने रहर भएपनि 'खुम्चिएर बस्नु' पर्ने बाध्यता हुन्छ ।

    उनीहरु अबसरबाट बन्चित भएका हुनछन् । रहर गरेर के गर्ने सोर्सफोर्स नभए कुनै प्रभाग,बृत र जिल्लाको कार्यलय प्रमुख बन्ने,समयमा बढुवा हुने आकासको फल आँखा तरि मर भने जस्तै हो स्रोत भन्छ ।

    चाकडी, चाप्लुसी र आर्थिक चलखेल हुने भएकाले केहि इमान्दार र सक्षम प्रहरी अधिकारी जहिले पनि खुम्चिएर बस्नु पर्ने बाध्यता जस्तै हुँदै आएको छ । विना राजनितिक आड भरोसा या आर्थिक चलखेल बाहेक प्रहरीमा आर्कषक स्थान पाउनु भनेको असाध्यै कठिन कुरा हो ।

    पछिल्लो समय आर्कषक जिल्ला नेतृत्वका लागि दर्जन भन्दाबढि एसपीहरुको दौड चलेको छ । ती जिल्ला प्रहरी कार्यलयको नेतृत्व लिनका लागि एसपी बेलबहादुर पाण्डे,ओम राना, प्रकाश रानाभाट,नवराज अधिकारी,मोहन पोख्रेल,गोबिन्द अधिकारी,आभुषण तिमिल्सिना, मनोज केसी,रेवती ढकाल,तारा थापा,प्रबिण पोख्रेल,इश्वर कार्की,जिवन श्रेष्ठ,सन्तोष खड्का,राजन अधिकारी,दिनेश मैनाली लगायत मध्येका केहिले शक्ती केन्द्रको आशिर्वादका लागि आसेपासेहरुसँग हिमचिम बढाएको स्रोतले बताएको छ ।

    बिशेषगरि आर्कषक मानिने जिल्ला मोरङका लागि एसपी प्रबिण पोख्रल ढुक्क भएर बसेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेको आर्शिवाद पाएपछि पोख्रल ढुक्क भएर साथीहरुसँग छिट्टै सरुवा हुने बताउँदै आएका छन् ।

    त्यसो त प्रदेश न एकका आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीबाट मोरङनै जानेगरि इश्वर कार्की पनि लागिपरिरहेका छन् । हिक्मत कार्की एसपी कार्कीका पुराना साथी पनि हुन् । कार्कीले मोरङ नभए कास्की या अन्य कुनै जिल्ला भएपनि जाने 'मनसाय' गराएका छन् । एसपी कार्कीसँगै कास्की जिल्ला ताक्नेहरुमा बेलबहादुर पाण्डे,मनोज केसी,नवराज अधिकारी,आभुषण तिमिल्सना रहेका छन् ।

    एसपी पाण्डेलाई संगठन प्रमुख ठाकुरप्रसाद ज्ञवाली र सांसद एबं पुर्व डिआईजी नवराज सिलवालको साथ रहेको छ । बाँकेका लागि एसपी ओम राना अग्रपंतीमा रहेका छन् । उनले उपराष्ट्रपति नन्दबहादुर पुन र गृहमन्त्री रामबहादुर थापा वादल बाट प्रधान कार्यलय नक्सालमा बारम्बार फोन गराएका छन् । बाँकेमा राना जान कस्सिए पछि अन्य एसपीहरु हाम्रो पालो कहिले होला ? भनेर "पुर्पुरोमा हात" लगाउन वाध्य भएका छन् ।

    भक्तपुरका लागि एसपी रेवती ढकाल र तारा थापाको रस्साकस्सी चलेको छ । कपिलबस्तु जिल्लाका लागि जिवन श्रेष्ठ ,सन्तोष खड्का,मोहन पोख्रेल लागि परिरहेका छन् । गृह सचिव महेश्‍वर न्यौपानेसँग एसपी पोख्रेल नजिक भएकाले कपिलबस्तु या कुनै जिल्ला पक्कापक्की भएको खबर नक्साल तिर सुन्न पाइन्छ ।

    त्यसो त एसपीमा बढुवा भएर पनि रमेश थापा,नवराज अधिकारी,तारा थापा,सन्तोष खड्काले अहिले सम्म जिल्ला हाक्ने अबसर मिलेको छैन् भने एसपी बेल बहादुर पाण्डेले दांङ,ओम रानाले कास्की,इश्वर कार्कीले महोत्तरी,रेवती ढकालले पर्सा जिल्लाको नेतृत्व गरिसकेका छन् ।

    उता सरुवाकै चर्चामा रहेका एसपी रमेश थापा र भुपेन्द्र खत्री भने तत्काल कुनै पनि जिल्लामा नजाने मुड बनाएका छन् । उता लामो समय विवाद रहेको चितवन जिल्ला प्रमुख एबं एसपी नान्ती गुरुङलाई नेतृत्व दिन नसकेको आरोप लागे पनि तत्काल प्रहरी हेडक्वाटर यो विषयमा 'मौन' रहने भएको छ ।

    कार्य क्षमता,दक्षता र प्रहरी ऐन भन्दा प्रहरीको सरुवा बढुवामा आदेश हावी हुने क्रम बढेको छ । माथीको आदेश भन्दै बनि सकेको सुचीमा समेत टिपेस लगाएर नाम परिवर्तन हुने गरेको उदाहरण प्रशस्तै छ । त्यसो त सरकारी कुनै पनि निकायको सरुवा गर्दा होस या बढुवा गर्दा अवसर नपाएकालाई पनि काम गर्ने मौका दिनु पर्ने हो । तर त्यसो भएको पाइदैन् ।

    मुलुक लोकतान्त्रिक गणतन्त्र नेपाल भएको लामो समय भएपनि सरुवा,बढुवामा तस्कर , बिचौलिया ,नेताहरुका ढोके,चम्चे आसेपासेहरु हाबी हुँदै आएका छन् ।

    न्यूज अभियानको साथमा

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…