• चितवनको माडी नगरपालिकाले खेत बाँझो राख्नेलाई जरिवाना गर्ने भएको छ । माडी नगरपालिकाको दोस्रो नगरसभाको निर्णयानुसार कृषि शाखाले खेतीयोग्य जग्गा बाँझो राखे वार्षिक प्रतिकट्ठा एक हजार जरिवाना गर्ने जनाएको छ । कृषि शाखाले सूचना प्रकाशन गरी बाँझो जग्गा राख्नेलाई कृषि शाखाबाट प्राप्त हुने अन्य सेवा सुविधाबाट समेत वञ्चित गरिने जनाएको छ । निम्न आर्थिकस्तर भएका कृषकका लागि नगरपालिकाले कृषि कर्ममा थप प्रोत्साहन गर्ने बताइएको छ ।

    माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले युवालाई बेरोजगार हुन नदिनका लागि खेतीयोग्य जमीन बाँझो राख्न नदिन लागिएको बताउनुभयो । कृषकलाई खेती गर्दा नगरपालिकाले अनुदानको व्यवस्थासमेत गरेको छ । माछापालनका पकेट क्षेत्रका रुपमा रहेको माडी नगरपालिकामा माछापालनका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा रु चार करोड अनुदानको व्यवस्थासमेत गरेको उहाँले जानकारी दिनुभयो ।

    नगरपालिकाका कृषि शाखा प्रमुख किरणप्रसाद उपाध्यायले भन्नुभयो, ‘कम्तीमा मूलबाली लगाउनुपर्छ ।’ साउनदेखि नगरपालिकाले जग्गा अवलोकन गर्ने भन्दै उहाँले जग्गा बाँझो रहे कारवाही हुने बताउनुभयो । उहाँका अनुसार नगरपालिकाभित्र खेतीयोग्य जग्गा खाली हुन नदिन कडाइ गर्न खोजिएको हो । बिघौँ जग्गा किनेर खाली छोड्ने गरेको पाइएकाले नगरपालिकाले जग्गा बाँझो राख्न नदिनका लागि कारवाही अभियान शुरु गर्न लागेको हो । कृषि उत्पादन गर्न ती जग्गा स्थानीयवासीलाई कमाउन दिन प्रेरितसमेत गरिनेछ । माडीमा हाल ४३ हजार ३६५ जनसङ्ख्या रहेको छ ।घटना र विचार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…