• पुष्कर खड्का
    काठमाडौ – नेपालमा शनिबार साँझ थप ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणमा ७ जनामा कोरो संक्रमित थपिएका हुन्।


    नयाँ थपिएका संक्रमित रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका १ जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले बताए ।

    यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ सय ९१ पुगेको छ । नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

    आज बिहान ३२ जना संक्रमित थपिएका थिए भने दिउँसो ३६ जना र अहिले ७ जना गरी अाज एकै दिन ७५ जना संक्रमित थपिएका छन् ।

    नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या ७० पुगेको छ भने ,यस्तै कोरोनाबाट सिन्धुपाल्चोका १ जना, बाँकेका १ जना र गुल्मीका १ जना गरी ३ जनाको मृत्यु भएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…