• बेलायतले विभिन्न उमेर समूहका १० हजार बढीमा प्रयोग गर्ने

    काठमाडौ । विश्व कोरोना भाइरससँग युद्ध गरिरहेका बेला चीनले भाइरस नियन्त्रणका लागि भ्याक्सिन निकालेको दावी गरेको छ भने भारतले अझै एक वर्ष लाग्ने बताएको छ । अमेरिका, बेलायत, जापान दक्षिण कोरियले भ्याक्सिन निकल्न प्रतिश्पर्धा गरिरहेका छन् ।

    बेलायतले विभिन्न उमेर समूहका १० हजार २६० भन्दा बढी व्यक्तिमा परिक्षण गर्ने जनाएको छ । अक्सफोर्ड विश्वविद्यालयले अनुसन्धान गरिरहेको त्यहाँका सञ्चार माध्यमले बताएका छन् । त्यस्तै चीनमा एक अमेरिकी औषधी कम्पनी मोडेर्नाद्वारा कोविड–१९ भ्याक्सिनको सफल ट्रायलको घोषणा शुक्रवार भएको शोधकर्ता बताएका छन् । चीनमा विकसित यो भ्याक्सिनले कोरोनाका विरामीलाई ठिक हुन सक्ने बताइएको छ । यो भ्याक्सिन भाइरस विरुद्ध प्रतिरोधक प्रतिक्रिया उत्पन्न गर्न सक्षम छ एक अध्यायनले बताएको छ ।

    भारतमा १ लाख ३० हजारभन्दा बढी संक्रमित
    भारतले आपूmहरु भ्याक्सिन निकाल्ने प्राथमिक चरणमै रहेको बताएको छ । भारत सरकार एवं भारतका निजी कम्पनी कोरोना भाइरस संक्रमण रोक्ने प्रयासमा लागेका छन् । औषधी उत्पादनका लागि एक सय करोड लाग्न अनुमान गरिएको छ । अहिलेसम्म भारतमा एकै दिन शनिवार ६ हजारभन्दा बढी कोरोना संक्रमित नयाँ विरामी अस्पताल भर्ना भएका छन् ।

    प्रत्येक दिन सरदर ५ हजार ५ सयका दरले नयाँ संक्रमित थपिएका छन् १६० मरेका छन् । ३ हजार ७ सयभन्दा बढी कोरोना भाइरसको संक्रमण मरिसकेका छन् भने १ लाख ३० हजारभन्दा बढीलाई संक्रमण भएको छ । पहिलो पटक सिक्किममा कोरोना संक्रमित शनिवार पुष्टि भएको छ । त्यस्तै भारतमा पछिल्लो २३ दिनमा ९४ हजार कोरोना संक्रमित थपिएका हुन् । द्रुत गतिमा कोरोना भाइरस फैलिएको यसैबाट अनुमान गर्न सकिन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…