•  

    भद्रपुर, ११ जेठ ।

    नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले भद्रपुर स्थित मेची अञ्चल अस्पतालको निर्माणाधीन भवनलाई कोरोना उपचार केन्द्र बनाउनु नहुने धारणा राखेका छन् ।

    नेपाली कााग्रेस क्षेत्रीय समितिले गरेको अडियो भिडियो कन्फेरेन्सलाई सम्बोधन गर्दै नेता सिटौलाले विकल्पका रूपमा कलवलगुरी प्रशिक्षण केन्द्र वा चन्द्रगढी स्थित खाद्य संस्थानको खाली गोदाम हुँदा हुँदै विपन्न नागरिकको उपचारको केन्द्र विन्दु रहेको सो अस्पताललाई कोरोना उपचार केन्द्र बनाउनु नहुने धारणा राखेका हुन् ।

    पूर्व उपप्रधान तथा गृह मन्त्री समेत रहेका सिटौलाले प्रदेश सरकारले झापामा कोरोना उपचार अस्पताल निर्माण गर्ने निर्णय स्वागत योग्य भए पनि अञ्चल अस्पताललाई रूपान्तरण गर्न गरिएको निर्णय गलत भएको प्रष्ट पारे । उनले अहिले तत्काल भन्दा दीर्घकालसम्म सोचेर निर्णय लिनु पर्ने सरकारका प्रतिनिधिहरू हठात्मा निर्णयमा पुग्नु भद्रपुर बासीका लागि दुर्भाग्य भएको भन्दै निर्णय सच्याउन आग्रह गरेका छन् ।

    सिटौलाले स्थानीय सरकार सचेत भएर अञ्चल अस्पतालको अस्तित्व बचाउन पनि कोरोना उपचार केन्द्र अन्यत्रै लैजान निर्णय सच्याउन लागि पर्नु पर्ने बताए । उनले साागुरो ठाउँमा रहेको अञ्चल अस्पताल परिसरमा अन्य विरामी र कोरोना रोगीको एकैसाथ उपचार हुन नसक्ने जान्दा जान्दै नयाँ भवनको नाममा ५० मिटरकै हाराहारीमा कोरोना उपचार केन्द्र बनाउने निर्णयले अञ्चल अस्पतालको उपचार सेवा व्यापारिकरणका लागि अन्यत्र सार्न खोजिएको हो कि भन्ने प्रश्न उब्जिएको विचार राखे ।

    नेता सिटौलाले क्वारेन्टिन, आइसुलेसन तथा कोरोना संक्रमितलाई समेत व्यवस्थि तगर्न नसक्ने सरकार बहुसंख्यक विपन्नको पक्षमा काम गर्न नसकेको प्रमाण अञ्चल अस्पतालमा कोरोना उपचार केन्द्र निर्माण प्रकरण जोडिएको प्रष्ट्याए । उनले अति आवश्यकीय उपचारका विभिन्न केन्द्रहरू रहेको मेची अस्पताल परिसरसित जोडिएको बस्ती समेत जोगाउन कोरोना अस्पताल सो स्थानभन्दा बाहिर निर्माण गरिनु पर्ने स्पष्ट पारेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…