• पुष्कर खड्का
    काठमाडौ - नेपालमा थप एक जनामा कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ । यो सँगै मृत्यु हुनेको संख्या चार पुगेको छ।

    वीरगन्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको कलैयाका एक वृद्धलाई कोरोनाभाइरस पोजेटिभ देखिएको नारायणी अस्पतालका सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले जानकारी दिएका छन् ।

    ७० वर्षीय ती वृद्ध मिर्गौलामा समस्या देखिएपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका थिए।

    शंकास्पद लक्षण देखिएका उनको स्वाब कलेक्सन गरेर परीक्षणका लागि काठमाडौं पठाएका थियौं अहिले भर्खरै पोजेटिभ नतिजा आयो भनेर मलाई इमेल आएको छ,उपाध्यायले भने।

    मृतकलाई मिर्गौलाको समस्या भएपछि नेशनल मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थिए । उनको जेठ ४ गते मृत्यु भएपनि कोरोनाको रिपोर्ट भने आज पोजेटिभ आएको छ ।

    ती मृतकका परिवारले उनको अन्तिम संस्कार गरिसकेका छन्।

    यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एक जना शिक्षकको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…