• युबराज रेग्मी
    जेठ १२ झापा धान बालिको अन्न्न भन्डार मानिएको नेपालको पुर्बी जिल्ला झापामा लगाइएको बर्खे धानबाली पाक्ने बेला भएको छ ।

    यश बर्स बर्खे सिजनमा पाक्न लागेको धानबालीमा अनौठो प्रजातिको गबारो किराले आक्रमण गरेपछि त्यस छेत्रमा हजारौ हेक्टरमा लगाइएको धानबालि रोगका कारण बिगदै गएको स्थानिय कृषक कृष्ण कार्की बताउछन ।


    धान बालाको भित्री भागबाट उक्त गबारोले किराले धानको नलमा रहेको रस खाएपछि निस्किएको धानको बालानै पुर्ण रुपमा सुकेर आएको देखिन्छ ।


    अन्य बर्स हरुमा भन्दा फरक प्रकारले गबारो किराले धानबालि आक्रमण गरेकोले किसान हरुले उक्त बालीलाई रोगबाट बचाउन नसकेको एक कृशक राम प्र. भट्टराईले बताए ।

    यो भिन्न प्रजातिको गबारो किरो देखा परेको छ , अन्य बर्स हरुमा धानमा पधेरा किरा र पात बेरुवा गबारो किरो देखा पर्दथ्यो ।


    यसपालि धान हेर्दा कलकलाउदो राम्रो देखिन्थ्यो ।बाहिर बाट हेर्दा कुनै रोगको लक्ष्यण देखिएन , अन्त्यमा धान पसाएपछि बालहरुमा चामल नै नपसि सर्लङ्ह सुकेको देखिन्छ ।

    समयमा नै थाहा पाइएको भए कुनै बिसादि प्रयोग गर्न सकिन्थ्यो होला तर रोग देखा पर्दानपर्दा सम्पुर्ण बाली नै गबारोले खत्तम पारीसकेको पाइयो कृषक राम प्रसाद बताउछ्न ।

    हाल झापा जिल्लामा मात्र १५ सय हेक्टरमा कृषकहरुले बर्खे धान बाली लगाइएको पाइन्छ । उक्त रोगको आक्रमणका कारण यश बर्स झापा जिल्लामा धानको कुल उत्पादनमा ठूलो गिरावट आउने देखिन्छ ।

    कृशीप्रधान मानिने हाम्रो देस नेपाल मा पछिल्लो समय बन्दाबन्दी तथा विभिन्न कारणले कृषि उपज उत्पादन वृद्धिका लागि आवस्यक पर्ने रासायनिक मलको अभाब बढ्दै जानुका साथै कृषि बालीहरुमा नया प्रजातिका रोगको आक्रमणले कृषि उपज उत्पादनमा गिरावट आउने देखिन्छ । यसबाट कृषक हरु प्रत्यक्ष रुपमा मर्कामा पर्नुका साथै यसले देसको अर्थतन्त्रमा ठूलो प्रभाब पर्नजाने देखिन्छ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…