पुष्कर खड्का
काठमाडौ – नेपालमा मंगलबार बिहान थप १२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको हो ।
मन्त्रालयको अनुसार नयाँ थपिएका संक्रमित सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१ मा एक जना, वडानम्बर २ एक महिलासहित पाँचजना, वडानम्बर ३ मा एकजना पुरुष, वडानम्बर ६ मा एकजना पुरुषमा कोरोना पुष्टि भएको हो ।
यस्तै भेरीगंगा नगरपालिका-८ मा १६ र १७ वर्षीय दुईजना पुरुषमा र सिम्ता गाउँपालिका-४ मा ३५ र ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जजनाएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ सय ९४ नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या १ सय १२ पुगेको छ भने ,यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ ।