• इटहरा : मोरङको रतुवामाई नगरपालिका वडा नम्वर १० मंगलवारेका रुद्रबहादुर बस्नेतले आफुले न्याय नपाएको गुनासो गर्नुभएको छ । लामो समयदेखि आफ्नो धनमालको हानीनोक्सानी भइरहेको र यस बिषयमा सम्बन्धित निकायमा पटकपटक उजुरी गर्दा पनि न्याय पाउन नसकेको उहाँले बताउनुभयो ।

    आफ्नो घरका गाईबस्तु काटिदिने, धान परालमा आगो लगाईदिने लगायतका अपराधिक घटनाहरु पाँच बर्षदेखि घट्दै आएको उहाँले सुनाउनुभयो । तर यस बिषयमा न्याय खोज्दाखोज्दा आफु हैरान भइसकेको भन्दै बस्नेतले दुखेसो ब्यक्त गर्नुभयो ।
    उहाँले भन्नुभयो ,“ बहत्तर सालमा हाम्रो परालमा आगो लग्यो, भविष्य सम्झेर हामीले कतै केही भनेनौं । पछि थाहा भयो योजना बनाएर आगो लाइदिएको रहेछ । त्रिहत्तर सालमा ग्वाली मै आएर रागाँको फिला काटिदिए । यसको लगतै धानको कुनिउमा आगो लगाइदिए ,७५ मन जति धान नष्ट भयो । हामीले हारगुहार गर्यौं, कसैले घटनाको छानविन गरिदिएन ।’’
    “ छयत्तर सालमा फेरि राँगाको ढाड काटिदिए, त्यसको हप्ता दिनपछि भैसी काटिदिए । सतहत्तर सालको बैशाख १ गते घरै छेउमा रहेको परालको माचमा आगो लगाइदिए । हामीले वडा कार्यलयमा जानकारी दियौं, इलाका प्रहरी कार्यालय सिजुवामा निवेदन दियौं । कसैले छानविन गरिदिएन । अब त ज्यानकै डर भइसक्यो’’ काटिएका राँगाभैसीका फोटाहरु मोवाइलमा देखाउदै बस्नेतले भन्नुभयो ।

    निवेदन दिएपछि पनि आफुहरुले धेरै पटक मैखिकरुपमा प्रहरी र जनप्रतिनिधिलाई भनेको तर अहिलेसम्म घटनाको खोजतलास नगरेको बस्नेतको भनाई छ ।
    घटनामा घटाउनेले आफुलाई नचिनेको नम्वरबाट एसएमएस लेखेर धम्क्याउने गरेको पनि उहाले बताउनुभयो । यतिका प्रमाण सहित उजुरि गर्दा पनि प्रहरिले चासो नदिएको भन्दै बस्नेतले गुनासो गर्नुभयो ।
    बस्नेतको घरमा पटकपटक यस्ता घटना घट्दै आएकाले आफुहरु पनि असुरक्षित रहेको छिमेकि स्थानिय आशिस कार्कीले बताउनुभयो । उहांले भन्न्नु भयो ,“ राति राँगाभैसी काट्न आउनेले हामीलाई पनि काट्न वेर छैन ।’’

    जनप्रतिनिधिहरुले मात्र यो घटनाको खोजतलास गर्न नसक्ने १० नम्वर वडा सदस्य काजन ढकालले बताउनुभयो । प्रहरीले चासो नदिएका कारण घटनाको सत्यतथ्य पत्ता लगाउन नसकेको उहाको भनाई छ ।
    आफुहरुले समेत पटकपटक इलका प्रहरी कार्यलयलाई घचघचाएको भन्दै वडा सदस्य ढकालले रतुवामाई प्रहरी प्रशासनले लापरभाई गरेको आरोप लगाउनुभयो । घटनाका दोषी पत्ता लगाई पिडित वस्नेत परिवारलाई न्याय दिलाउन वडा कार्यलयले पहल गरिरहेको पनि उहांले बताउनुभयो ।

    https://www.youtube.com/watch?v=SkBGMCIkfwc&t=317s

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…