• काठमाडौँ, १३ जेठ
    प्रेस सङ्गठन नेपालले जनपक्षीय पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ ले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका लागि दिनुभएको योगदान महत्वपूर्ण भएको जनाएको छ । इच्छुकको १८औँ स्मृति दिवसका अवसरमा सङ्गठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले आज जारी गरेको विज्ञप्तिमा जनपक्षीय पत्रकारिताका धरोहर तथा नेपाली प्रगतिवादी साहित्यका अग्रणी र आर्दश व्यक्तित्व ‘इच्छुक’ प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गरिएको छ ।

    सङ्गठनले कोरनो भाइरसबाट बच्न जारी बन्दाबन्दीका अवस्थामा उहाँको स्मृतिमा प्रदान गरिने केन्द्रीयस्तरको पुरस्कार पछि वितरण गरिने जनाएको छ । विसं २०१३ कात्तिक ३ दिने जन्मिनुभएका ‘इच्छुक’ २०५९ जेठ १३ गते महेन्द्र पुलिस क्लबको हिरासतमा मारिनुभएको थियो । उहाँका शोकाञ्जलि (२०४८), इतिहासको यस घडीमा (२०५६) बन्दी र चन्द्रागिरि (२०५८) आदि कृति प्रकाशित छन् । सङ््गठनले मातहतका कमिटीका हकमा भने सम्भव भएमा नेपाल सरकारले लागू गरेको बन्दाबन्दीको नियमलाई पूर्णपालना गर्दै रचनात्मक कार्यक्रम आयोजना गरेर स्मृति दिवस मनाउन आग्रह गरेको छ ।
    –––

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…