रातोकलम अनलाइन
काठमाडौ - जाजरकोटका नवराज विकको हत्यासँगै यतिबेला आमनागरिकमा आक्रोश पैदा भैरहेको छ विभिन्न ठाउँबाट यसको बिरोध भैरहेको छ जाजरकोटमा आन्दोलन समेत चर्किएको छ पछिल्लो समय यो बिषयले सामाजिक संजाल तातिरहेको छ।
नवराजले दलित भएकै कारण ज्यान गुमाउनु परेको भन्दै अहिले सर्वसाधारण देखी कलाकार पत्रकार आम नेपालीनागरिकले सरकारलाई दोषी माथी कारबाहीको माग गर्दै दबाब दिरहेका छन उनको अन्तरजातीय प्रेम गरेका कारण आज उनले यो संसार छाडेर जानू पर्यो यो हाम्रो समाजमा कहिले सम्म यस्तो चल्ने कुनै टुंगो छैन दलितको नामा विभिन्न संघ संस्था खुलेका छन् तर पनि जनचेतनाको कमि हो या प्रचारप्रसार कमि हो।
यो बिषय चौतर्फी आलोचना भएपछि पत्रकार रबि लामिछाने आजको जनताको रोजाईको चर्चित कार्यक्रम सिधाकुरा जनता सँग आज यो घटना बारेको विशेष रिपोर्टिङ बनाएर दोषीलाई कारबाहीको लागि सहयोग गर्ने भएका छन् उनले आज बिहानै आफनो सामाजिक संजाल मार्फत आज दिनभर रिपोर्टिङमा लागेर तयारी गर्न लागेको बताएका छन् ।
यो पनि पढ्नुहोस रबि लामिछानेले लेख्नु भएको
जातीय विभेदको धरातलीय यथार्थको एउटा कुरुप तस्बिर हो रुकुमको घटना।बिना कारण होनहार अमुल्य जीवनहरु गुमे।यो क्रूर अपराधको जति निन्दा गरेपनि कम हुन्छ।दोषीहरु माथी हदै सम्मको कार्वाही होस्। महापापीहरुका विरुद्ध सशक्त आवाज उठाउन आजको कार्यक्रममा यस घटना बारे विशेष रिपोर्ट प्रस्तुत गर्दैछौं।घटनाको अर्को पाटो बारेपनि जानकारीहरु आइरहेका छन्।घटना समाचारमा आए भन्दा फरक भए त्यसलाई पनि समेट्ने प्रयास गर्नेछौं।