पुष्कर खड्का
काठमाडौ – नेपालमा मंगलबार दिउँसो थप २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै रौतहटमा कोरोना संक्रमित हुनेको सँख्या ६९ पुगेको छ ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले दिएको जानकारी अनुसार गौर नगरपालिकाका ७ जना, देवाही गोनाही नगरपालिकाका १४ जना र राजदेवी नगरपालिकाका १ जना रहेको घिमिरेले जानकारी दिएका छन्
आज मात्रै ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका कोरोना संक्रमितको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आधिकारीक जानकारी गराएको छैन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ सय २८ नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।
नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या १ सय १२ पुगेको छ भने ,यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ ।