पुष्कर खड्का
काठमाडौ – नेपालमा मंगलबार थप ९० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार मंगलबार बाराका ३, बारामा कार्यरत जुम्लाका २, रौतहटका २२, सुर्खेतका १२ जना, सिरहाका ५, महत्तरीका २, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १ र स्याङ्जाका २ जना गरि ९० जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन् ।
https://www.facebook.com/286132375668319/posts/572034273744793/?app=fbl
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ सय ७२ नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या १ सय ५५ पुगेको छ भने ,यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४ पुगेको छ ।