युबराज रेग्मी जेष्ठ १४ , झापा / झापा जिल्ला गौरादह नगर पालिका वडा न २ सिक्टियामा परापुर्बकाल देखि बग्दै आएको सिक्टिया कुलो त्यहा स्थित एक बासिन्दाले एकलौटी ढङ्गले बन्द गरिदिदा सो स्थान भन्दा पश्चिम उत्तरि भुभागमा पर्ने सयौ बिगाहा जमिन डुबान हुने निस्चित छ ।
बिगत केही महिना अघि एक्लौटी ढङ्गले सोही कुलो सामुन्ने पुर्बपट्टी रहेको जमिनमा त्यहा रहेको कज्वे लेबल भब्दा निकै उच्च पारी इ स्थानिय नारायण काफ्लेले माटो फिलिङ गरि जमिन पुर्दा स्थानिय हरुले उक्त भुभाग डुबान हुने भनी बिमत्ति जनाएका थिए । सोही स्थानको पश्चिम् उत्तर भुभागमा वडा न २ को वडा कार्यालयको नब निर्मित भबन , ॐ सान्तीको भबन , बि. पि. स्मृती भबन लगायतका निर्माणाधिन अवस्थामा रहेका प्रतिष्ठित योजनाहरु समेत डुबानमा पर्ने देखिन्छ ।
हाल आएर हिजो मंगलबार साबिक कजवे भन्दा करिब २५ मिटर उत्तर पट्टी बाट उक्त स्थानको पानी निकास गराउन निज नारायण काफ्लेले पुन: सार्बजनीक बाटो स्थानिय सरकार नगर तथा वडा लाई समेत सामान्य जानकारी नगराइ खनेको थाहा पाए पश्चात् आज पुन स्थानिय हरु आक्रोसित हुँदै सोही स्थानमा भेला भएका थिए ।
स्थानिय हरुले उनको यश हेपाहा प्रवृत्ति र असामाजिक कार्य प्रती खेद प्रकट गरेका छ्न । समाजमा रहेर सामाजिक कार्यमा अग्रसर ब्यक्तिनै यस्तो असामाजिक र बिकृत चरित्रको रुपमा प्रस्तुत हुदा समाज उभो लाग्न नसक्ने स्थानिय हरु बताउछ्न ।
आक्रोसित स्थानिय हरुले तत्काल उक्त अबरुद्ध कजबे लाई साबिक अवस्थामा खुलाउन माग गर्दै यस्ता निन्दनिय कार्य प्रती वडा तथा नगरको ध्यान आकृष्ट हुनु पर्ने जिकिर गरेका थिए ।
उक्त जानकारी पाए पश्चात् बिबादित स्थलमा पुगेका सोही वडाका वडा अध्यक्ष हेमन्त कार्कीले आवस्यक छलफल गरि सो समस्याको उचित समाधान गरिने बताए ।
वडा अध्यक्षको उक्त आस्वासन्न प्रती बिमती जनाउदै स्थानिय हरुले थप दबाब सृजना गरे पश्चात् बिबाद मिलाउन पुगेका नगर प्रमुख रोहित कुमार साहले सो कार्य प्रती गम्भीर आपत्ती जनाउदै तत्काल साबिक अवस्थामा सो स्थानबाट अबरुद्ध पानीको निकास खुलाउने आस्वासन दिएका छ्न ।
नगर प्रमुखको आव्वासन पश्चात् उक्त भिड साम्य भएको छ भने सोही बिबाद समाधान गर्न आवस्यक छलफल गरि निकासका निमित्त आजै बुधबार ११:०० बजे नगरपालिकाको कार्यालयमा छलफल गरिने वडा अध्यक्ष हेमन्त कार्किले जानकारि गराएका छ्न ।