• काठमाडौँ, १४ जेठ । कोरोना भाइरस कोभिड-१९ बाट आज एकै दिन ११४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धरान बिपी स्वास्थ्य विज्ञान प्रतिस्ठानमा गरिएको परिक्षणमा ११ जनामा संक्रमण पुष्टि भएको छ । त्यस मध्य सप्तरी बोडेबसाइ नगरपालीकाका ८ जना पुरुष र सप्तरी बालनबिहुर गाउपालिकाका दुई जना र सप्तरी सुरुङ्गका एक जना पुरुष रहेका छन् ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार बुधबार रौतहट, बाग्लुङ, मकवानपुर, झापा, बारा, सप्तरी, दाङ, सुर्खेत, बाँके, सिरहा र रूकुमपूर्वका थप ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।

    त्यस्तै संक्रमित मध्य कोशी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा १७ जनाको पोजिटिभ रिपोर्ट आएको छ । उनीहरु झापाका १७ जना पुरुष रहेका छन् । त्यस्तै हेटौडामा गरिएको परिक्षणमा ८ जना पुरुषलाई सक्रमण पुष्टि भएको छ ।

    त्यस्तै पोखरामा गरिएको परिक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको छ । दाङमा गरिएको परिक्षणमा १८ जनालाई संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परिक्षणमा १६ जनालाई संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    यो संगै नेपालमा कुल संक्रमितको सख्या ८८६ जना पुगेको छ । हाल सम्म ४ जनाको मृत्यु भएको छ । अहिले सम्म १८३ जना निको भएर घर फर्किएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…