काठमाडाैंजेठ १४, २०७७
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना दुई ट्वीटलाई ट्विटरले फ्याक्ट चेकिङ चेतावनीको बिल्ला भिराएपछि सामाजिक सञ्जाल नै बन्द गराइदिने धम्की दिएका छन् ।
उनले अमेरिकी निर्वाचनमा ट्विटरले हस्तक्षेप गरेको र अभिव्यक्ति स्वतन्त्रतालाई पूरै दबाएको आरोप लगाए ।
त्यतिले मात्र नपुगेर ट्रम्पले बुधवार यस्तो ट्वीट गरे, ‘कन्जर्भेटिभहरूको आवाजलाई सामाजिक सञ्जालका प्लेटफर्महरूले दबाउने गरेको रिपब्लिकनहरूको अनुभव छ । त्यसो हुनुअघि हामी यस्ता प्लेटफर्मलाई कडा नियमन गर्न वा पूरै बन्द गरिदिन्छौं । उनीहरूले सन् २०१६ मा यस्तै गर्न खोजेका थिए र विफल भए । अहिले त्यसैको विकसित संस्करणलाई हामी अनुमति दिने छैनौं ।’
हुलाकबाट मत दिने काममा व्यापक भ्रष्टाचार र धोकाधडी हुने भनी ट्रम्पले गरेको ट्वीटलाई ट्विटरले मंगलवार फ्याक्ट चेक गर्नुपर्ने भनी लेबल लगाएको थियो । त्यसले ट्रम्पलाई क्रुद्ध बनाएको हो । एजेन्सी
https://twitter.com/realDonaldTrump/status/1265601611310739456?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1265601611310739456%7Ctwgr%5E&ref_url=https%3A%2F%2Flokaantar.com%2Fstory%2F109066%2F2020%2F5%2F27%2Ftrump-threatens-social-media