• पुष्कर खड्का
    काठमाडौ - नेपालमा कोरोना भाईरस (कोभिड–१९) का कारण बुधबार साँझ ललितपुरको किष्ट अस्पतालमा एक जनाको मृत्यु भएको हो । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।


    मृत्यु हुनेमा ललितपुर महानगरपालिका २२ भैंसेपाटीका ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा उपचारको क्रममा बुधबार साँझ मृत्यु भएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ ।


    उनको कारोनाको आशंकामा स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर टेस्ट गराउँदा कोरोनाको पोजेटिभको रिपोर्ट आएको हो । उनी कलेजो सम्बन्धि रोगबाट पीडित रहेका थिए ।


    बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा.खगेश्वर गेलालले जानकारी दिनु भयो ।

    उनको शब अस्पतालमै राखिएको छ । उनको मृत्यु कोरोनाबाट भएको भन्ने बिषयमा स्वास्थ्य मन्त्रालयले औपचारकि जानकारी सार्वजनिक भने गरेको छैन ।


    यस अघि कोरोनाको कारण सिन्धुपालचोक, बाके, गुल्मी र बारामा १-१ जना गरि ४ जनाको मृत्युु भैसकेको थियो ।

    नेपालमा अहिलेसम्म ८ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ,भने १ सय ८३ जना निको भएर घर फर्किएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…