पुष्कर खड्का
काठमाडौ – दोलखा जिल्लामा पहिलोपटक कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । भीमेश्वर नगरपालिका वडा नम्बर २ का वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।
धुलिखेल अस्पतालद्धारा संचालित दोलखा अस्पतालबाट रिफर गरिएका विरामीको पीसीआर रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले पुष्टि गरेको छ ।
कोरोना संक्रमित व्यक्तिको शिक्षण अस्पताल काठमाण्डौंमा उपचार भैरहेको छ । कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित व्यक्ति बस्ने र आसपासका क्षेत्र सिल गर्ने तयारी गरिएको छ भने उनको सम्पर्कमा रहेका व्यक्तिहरुको नमुना संकलन गर्ने कार्य सुरु भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभु कुमार झाले जानकारी दिनु भयो ।