• पुष्कर खड्का
    काठमाडौ – नेपालम बिहीबार बिहानै थप ७६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। प्रदेश दुईको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा प्रदेश नं २ का ६ वटा जिल्ला ७६ जनामा काेराेना पुष्टि भएकाे हाे ।


    मन्त्रालयका अनुसार नयाँ थपिएका संक्रमित धनुषामा २९ जना, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।


    यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ सय ६२ पुगेको छ । नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

    आज मात्रै ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका कोरोना संक्रमितको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आधिकारीक जानकारी गराएको छैन् ।

    नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या १ सय ८३ पुगेको छ भने ,त्यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…