पुष्कर खड्का
काठमाडौ – नेपालमा आज एकै दिन थप १ सय ५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा नेपालमा बिहीबार १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् ।
https://youtu.be/uZT4ZmMqpOA
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी१४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ मन्त्रालयको प्रवक्ता डा. विकास देवकोटाले बताएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ हजार ४२ पुगेको छ । नयाँ थपिएका संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या १ सय ८७ पुगेको छ भने ,त्यस्तै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ ।