• काठमाडौँ, जेठ १५ गते । अर्थमन्त्री डा. युवराज खतिवडाले २०७७/७८को आर्थिक बजेट पेश गर्नुहुँदै कोरोनालगायतको राेकथाम तथा उपचारको लागि उल्लेख बजेट वृद्धि गर्नुभएकाे छ । उहाँले कोरोना रोकथाम तथा उपचारको लागि औषधि, उपकरण र अन्य सेवा सुविधाका लागि ६ अर्ब बजेट व्यवस्था गर्नुभएकाे छ ।

    नयाँ बानेश्वरस्थित संसद भवनमा डा. खतिवडाले सङ्घीय संसदको दुवै सदनमा २०७७/७८ को बजेट पेश गर्नुभएको हो । उहाँले स्वास्थ्य मन्त्रालयकाे बजेट ९० अर्ब विनियाेजन गरेकाे बताउनुभयाे ।


    स्वास्थ्यकर्मीहरूका लागि प्रोत्साहन भत्तास्वरुप पाँच लाखसम्मको स्वास्थ्य बिमाको व्यवस्था गरिनुका साथै नागरिककाे स्वास्थ उपचार सहज बनाउन स्वास्थ्य बिमाका लागि सात अर्ब बजेट व्यवस्था गर्नुभएकाे छ ।

    सरकारले यो बर्ष सरकारले रोकथाम, नियन्त्रण, उपचारका लागि स्वास्थ्य क्षेत्रमा सेवा १२ अर्ब ४६ करोडको व्यवस्था गरिएको अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट सार्वजनिक गर्नुभएको छ ।

    यो वर्षनै काठमाडौमा तीन सय शैयाको सरुवा रोग नियन्त्रण अस्पताल निर्माण गरिने र प्रत्येक प्रदेशको राजधानीमा २५० शैयाको अस्पताल बनाउने बताउनुभयो । त्यस्तै उहाँले २७२ स्थानीय तहमा ५ देखि १५सम्मको अस्पताल बनाउन १४ अर्ब २७ करोड विनियोजन गरिएको छ । तीन वर्षमा सबै नागरिकमा स्वास्थ्यमा बीमा गराउने र ४० प्रतिशत जनतामा बीमाको दायरमा ल्याउन ७ अर्ब ५० करोडकाे व्यवस्था गरिएकाे छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…