बिष्णु खड्का/सोलुखुम्बु
सोलुखुम्बुमा पहिलोपटक कोरोना संक्रमीत भेटिएको छ । सोलुदुधकुण्ड नगरपालिकाका २७ बर्षिय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको सोलुखुम्बु प्रशासनले जनाएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा दोस्रो पटक गरिएको पिसिआर परीक्षणका क्रममा उनको रिपोर्ट पोजेटिभ देखिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी रमा आचार्यले जानकारी दिनुभयो ।
जिल्ला अस्पताल फाप्लुको आईसोलेशन वार्डमा राखेर उपचार भईरहेको उनलाई थप उपचारको लागि बिहिबार बिहान कोरोना अस्पताल बिराटनगर पठाईएको छ ।